Sunday, October 24, 2010

कविता : फगत एउटा शून्यताभित्र


देब्रे हातको प्रहारले 
दाहिने हात थलिएपछि 
दाहिने खुट्टाको प्रहारले
देब्रे खुट्टा भाँचिएपछी
उर्लिएका आर्तनाद्हरू
देब्रे कानले सुने पनि 
दाहिने कानले विश्वास गरेन
सिर्फ ठिङ्ग रहिरह्यो 
सुन्य नसुने झैं गरेर |
अनायासको यो प्रहार
वैरी प्रहार त थिएन 
तर तन्नेरी प्रहार थियो |

भाइको ज्यावलले 
दाइको गर्धन छुटाएपछी
देको शस्त्रले
भाइको मुटु फुटाएपछी  
सयौं सिउँदोहरूमा डढेलो गयो
अनि, कोक्रो ओसियो लालावालाको 
नव-वधुहरूको चाहाना गाभिए
यी सम्पूर्ण दृश्य परिदृश्यहरू

रेटिनामा आश्लिष्ट गरेपनि 
बेमत्लवी टोलाईरहेछन 
उर्जश्वी नयनहरू |

किनकी !
दाहिने आँखा 
देब्रेलाई बिश्वास गर्दैन |

यो युगान्तकारी संग्रामले 
गाउँ,बस्ति र पाखा छिचोल्नाले 
दिगादीगन्त फैलिएका छन क्रन्दनहरू 
सायद !
पलायो होला चेतनामा 
यो संग्रामको सारतत्वमा 
विजयको उद्दोषण संगै 
जसले झ्याली पिटे पनि 
लाग्छ, हामी धेरै हुनेछैनौं
हुनेहरूमा पनि
विकलाङ्ग र सम्रक्षक विहीन हुनेछौं
फगत एउटा शून्यताभित्र ..||

No comments:

Post a Comment