Friday, March 30, 2012

गजल


खुशी र उमंगका बेलाका कुरा छन् 
कमाई र हातका ठेलाका कुरा छन्
हुन्न  रैछ  नभई  टेढो  पनि  यहाँ
मालिक र साहुको हेलाका कुरा छन्
हर दिन विहान एकैनाशको कामले
श्रमिकको मजदुरी जेलाका कुरा छन्
न घाम न पानी, हिउँले पनि नछुने 
अनेकौं कष्ट र झमेलाका कुरा छन्
संगी,  साथी, परिवार अनि  गाउँघर
सम्झेर नओवाउँने परेलाका कुरा छन्