Saturday, October 23, 2010

गजल :



पूर्व पश्चिम चारै तरफ लुट हुन्छ आजभोली
जाति,धर्म,क्षेत्र,गल्लि गुट हुन्छ आजभोली |

अनेक थरि आन्दोलन ढुंगा मुढा मारामार 
चक्काजाम भाँड-भैलो छुट हुन्छ आजभोली |

स्वार्थिजाल फ्याँक्छन अनि फर्किंदैनन फेरी
नेताको बोलि-बोलि झूट हुन्छ आजभोली |

नाराजुलुश नियम कानून सबै आफ्ना-आफ्नै
दाजु-भाई दिदि-बैनी छुट हुन्छ आजभोली |

एक गुटले एउटा भन्छ अर्को अर्कै भन्छ
वल्लो गाउँ पल्ला गाउँ शूट हुन्छ आजभोली |


                                   

No comments:

Post a Comment