Tuesday, October 26, 2010

गजल



खोज्दैछुमा कता होला सहर जिन्दगीको
अधुरै छन् मन - भित्र रहर जिन्दगीको |

चल्दैछन् पाइलाहरू जिउँदो लाश सरि 
कोमा भित्र जिउँनुपर्ने कहर जिन्दगीको |

पीर,व्यथा,जलन अनि सधैं एक्ला-एक्लै 
कैले पाउँने सफलताको खबर जिन्दगीको |

हिंडदै थिएँ गोरेकोमा भत्क्यो साँघु पनि
आखिरमा संसार सबै बगर जिन्दगीको |

हाँसो सबै उडाइलग्यो तुफान र सुनामीले
अञ्जान भो रमाइलो प्रहर जिन्दगीको | 

No comments:

Post a Comment