Saturday, September 11, 2010

बन्दी

विवस
म एक बन्दी
तिम्रो हृदयको कारागारमा
नपोख तिम्रा दु:खहरू
म विल्कुल खुश छैन
दु:खी छु, धेरै दु:खी
तिमि भन्दा पनि ||
मलाई बन्दि बनाएर
तिमि उड़छौ आकाशमा
जहाँ बादलभित्र हराउछौ
अनि तप्किन्छौ
निर्दोष मेरा नयनबाट
तर....... विवश
आखिर म बन्दिनहू तिम्रो हृदयको !!!!!!

No comments:

Post a Comment