खुशी र उमंगका बेलाका कुरा छन्
कमाई र हातका ठेलाका कुरा छन्
हुन्न रैछ नभई टेढो पनि यहाँ
मालिक र साहुको हेलाका कुरा छन्
हर दिन विहान एकैनाशको कामले
श्रमिकको मजदुरी जेलाका कुरा छन्
न घाम न पानी, हिउँले पनि नछुने
अनेकौं कष्ट र झमेलाका कुरा छन्
संगी, साथी, परिवार अनि गाउँघर
सम्झेर नओवाउँने परेलाका कुरा छन्